नेपालमा थप दुई जना कोरोना भाइरस (कोभिड १९) संक्रमित व्यक्ति थपिएका छन्। काभ्रे र महोत्तरीमा १/१ जनामा कोरोना पुष्टि भएको हो।
यससँगै नेपालमा कोरोना संक्रमित हुनेको संख्या २७८ जना पुगेको छ ।
शनिबार कोरोना पृष्टि हुनेमा काभ्रेका २६ वर्षिय पुरुष र महोत्तरीका ५२ वर्षिय पुरुष रहेका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार अनुसार २२४ पुरुष र ५२ जना महिला रहेका छन्। ३६ जना उपचारपछि निको भई घर फर्किएका छन्।
संक्रमितमध्ये प्रदेश नम्बर १ मा ३६ जना , २ मा ११६ जना, बाग्मती प्रदेशमा ९ जना, गण्डकीमा ३ जना , प्रदेश नम्बर ५ मा १०९ जना, र सुदूरपश्चिम प्रदेशमा ५ जनामा कोरोना पुष्टि भएको हो।
हालसम्म २६ जिल्लामा कोरोना फैलिएको छ।
सरकारले ११ चैतदेखि कोरोना भाइरस संक्रमण विस्तार हुन नदिन देशैभर लकडाउन गरेपनि संक्रमण पछिल्ला दिनमा थप विस्तार भएको छ। २७८ जनामा संक्रमण पुष्टि हुँदा सबैभन्दा धेरै पर्सामा ९१ जना संक्रमित भेटिएका छन् भने प्रदेश २ मा १०८ जनामा संक्रमण फैलिएको छ।












प्रतिक्रिया