नेपालमा थप १० जना कोरोना संक्रमित थपिएका छन् ।
नयाँ थपिएका सबै संक्रमित रौतहट जिल्लाका हुन । यससँगै नेपालमा कोरोना संक्रमित संख्या २९१ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार रौतहट राजपुर नगरपालिका फरहदवा(९ का ७ जना र इशनाथ नगरपालिका-३ र ५ का तीनजनामा कोभिड-१९ पुष्टि भएको हो।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार राजपुर नगरपालिका फरहदवा-का १८, ३२, ३६, ३९, ३९, ४२, ४८ वर्षका पुरुष छन्।
त्यस्तै रौतहटका इशनाथ नगरपालिका ३ र ५ निवासी २८, ३० र ३३ वर्षीय पुरुषमा पनि संक्रमण पाइएको छ।
टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा उनीहरूको नतिजा पोजिटिभ आएको मन्त्रालयका सह-प्रवक्ता डा. समिरकुमार अधिकारीले जानकारी दिए।
सबैजनाको स्वास्थ्य अवस्था सामान्य रहेको भन्दै उनीहरू स्वास्थ्यकर्मीको सम्पर्कमा रहेका मन्त्रालयले जनाएको छ।












प्रतिक्रिया