विश्वभरका झण्डै आधा करोड मानिस कोरोना संक्रमित, ३ लाख २० हजारले ज्यान गुमाउदा १९ लाख निको भए

0
Shares

विश्वभर कोरोना भाइरसको महामारीबाट मृत्यु हुनेको संख्या तीन लाख २० हजार नाघेको छ।

विश्वमा कोरोना भाइरस संक्रमितको संख्या ४८ लाख ९३ हजार तथा ज्यान गुमाउनेको संख्या तीन लाख २० हजार भन्दा उकालो लागेको तथ्याङ्क सार्वजनिक भएको छ। मृतक तीन लाख २० हजारमध्ये अमेरिकामा मात्र झण्डै ९२ हजार छन्।

पछिल्लो २४ घण्टामा विश्वभर २०८ जनाले ज्यान गुमाएका छन् भने ५ हजार १३६ नयाँ संक्रमित थपिएका छन्।

कुल संक्रमितमध्ये १९ लाख भन्दा बढी निको भएर घर फर्किएका छन्। उपचारको क्रममा २६ लाख भन्दा बढी रहेको छन । जसमध्ये ४४ हजार बढीको अवस्था गम्भिर रहेको छ।

कोरोना भाइरसबाट कारण मृत्यु हुने शीर्ष १० देशमा अमेरिका, बेलायत, इटाली, फ्रान्स, स्पेन, ब्राजिल, बेल्जियम, जर्मनी, इरान र नेदरल्याण्ड रहेका छन्।