कोरोना संक्रमित र मृतकको स्थायी तथा अस्थायी ठेगाना स्पष्ट सार्वजनिक गर्न आदेश

0
Shares

राष्ट्रिय सूचना आयोगले कोरोना संक्रमित तथा मृत्यु भएकाको स्थायी र अस्थायी ठेगाना स्पष्ट हुनेगरी खुलाउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई आदेश दिएको छ।

मंगलबार आयोगले एक विज्ञप्ति सार्वजनिक गर्दै संक्रमितको ठेगाना र मृतकको नाम ठेगाना स्पष्ट हुने गरी उल्लेख नहुँदा नागरिकमा भ्रम सिर्जना भएको भन्दै खुल्नेगरी सार्वजनिक गर्न आदेश दिएको हो।

आयोगले सूचनाको हकसम्बन्धी ऐनको दफा १९ को खण्ड (ङ) बमोजिम मन्त्रालयलको सचिवालयलाई आदेश दिएको हो। साथै व्यक्तिगत विवरण प्रसारण गर्दा सम्बन्धित व्यक्ति वा परिवारमा दुखदायी र दुरगामी हुन सक्ने बताएको छ।