नोटबजारको भर्चुअल कन्फ्रेन्समा बीमा समिति, बिमक र विज्ञका बीचमा यस्तो हुनेछ LIVE अन्तरकृया


नोट बजार प्रालिद्धारा सञ्चालित यस नोटबजार डटकमले शुक्रबार मध्यान्ह १ बजे कोरोना संक्रमण पछिको बीमा बजारको विषयलाई लिएर सम्बद्ध पक्षसँग भर्चुअल अन्तरकृया गर्दैछ । ‘कोभिड १९ ले बीमा क्षेत्रमा पारेको असर र सुधारको पहल’ विषययक उक्त भर्चुअल अन्तरकृयाको नोटबजारमा प्रत्यक्ष प्रशारण हुनेछ ।

कार्यक्रमका वक्ताहरु: 
चिरञ्जीवी चापागाई, अध्यक्ष, बीमा समिति

दीप प्रकाश पाण्डे, अध्यक्ष, नेपाल बीमक संघ एवं प्रमुख कार्यकारी अधिकृत, शिखर इन्स्योरेन्स

शिवनाथ पाण्डे, अध्यक्ष, नेपाल जीवन बीमक संघ एवं प्रमुख कार्यकारी अधिकृत, सूर्या लाइफ इन्स्योरेन्स

डा. रविन्द्र घिमिरे, बीमा विज्ञ एवं सहप्राध्यापक, पोखरा विश्वविद्यालय

सहजकर्ता तथा कार्यक्रम सञ्चालक

परमेश्वर अधिकारी, कार्यकारी सम्पादक, नोटबजार डटकम

लभेश प्याकुरेल, वरिष्ठ आर्थिक पत्रकार

अन्तरकृयामा बीमा कम्पनीहरुका सञ्चालक, व्यवस्थापन तथा कर्मचारीहरुको पनि सहभागिता रहने छ ।

नोटबजार डटकमका साथै कार्यक्रमको प्रत्यक्ष प्रशारण नेटबजारको फेसबुक पेज, युट्युब च्यानल र रेडियो पर्टनर सिटिजन एफएम ९७.५ मेगाहर्जमा पनि हेर्न र सुन्न सकिन्छ ।