त्रैमास सकिएको एक महिना बितेपनि अधिकांश सूचीकृत हाइड्रोपावरले सार्वजनिक गरेनन् वित्तीय विवरण

0
Shares

लकडाउनका कारण सूचीकृत ३३ जलविद्युत कम्पनीहरुमध्ये जेठ ९ गतेसम्म अधिकांश कम्पनीहरुले वित्तीय विवरण सार्वजनिक गरेका छैन। नियम अनुसार हरेक त्रैमास समा रहेरेपनि धेरै जलविद्युत कम्पनीहरुले अझै पनि आफ्नो वित्तीय विवरण सार्वजनिक गरेका छैनन्।

हालसम्म ६ कम्पनीले मात्र चालु आवको तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेका छन्। अधिकांश कम्पनीरुले लकडाउनलाई बाहना बनाउँदै वित्तीय विवरण सार्वजनिक गर्न ढिलाई गरेका हुन्।

वित्तीय विवरण अनुसार बुटवल पावरले सबैभन्दा धेरै ८९ करोड ५९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ भने निमार्णको चरणमा रहेको सान्जेन जलविद्युत कम्पनीले १ करोड ५ लाख नोक्सानी ब्यहोरेको छ। सञ्चालन नाफामा पनि बुटबल पावर अगाडि छ,। कम्पनीले ९५ करोड ५७ लाख सञ्चालन नाफा गर्दा सान्जेन जलविद्युत १ करोड ७८ लाख नोक्सानीमा रहेको छ।

प्रतिशेयर आम्दानीमा सबैभन्दा धेरै बुटवल पावरको ४४.५१ रुपैयाँ रहेको छ भने साञ्जेन जलविद्युत कम्पनी ४१ पैसा ऋणात्मक अवस्थामा रहेको छ।
चुक्ता पूँजीका आधारमा साञ्जेनको सबैभन्दा धेरै ३ अर्ब २८ करोड ५० लाख रहेको छ भने सबैभन्दा कम सिनर्जी पावर डेभलपमेन्ट कम्पनीको सबैभन्दा कम ७० करोड रहेको छ।

विद्युत बिक्री आयमा बुटबल पावरले सबैभन्दा धेरै ५५ करोड ७७ लाखको बिदुत बिक्री गर्दा राधी विद्युत कम्पनीले सबैभन्दा कम १ करोड २१ लाखको विद्युत बिक्री आय गरेको छ। सान्जेनको विद्युत उत्पादन भएको छैन।

जगेडा कोषको आधारमा पनि बुटबल पावरको सबैभन्दा मजबुत रहेको छ। कम्पनीको जगेडा कोषमा ४ अर्ब ५१ करोड बढी रकम सञ्चि रहँदा सान्जेन जलविद्युत सबैभन्दा बढी ९ करोड ५४ लाख ऋणात्मक अवस्थामा रहेको छ। पञ्चकन्या माइ र सिनर्जी पावरको पनि जगेडा ऋणात्मक छन्।

नोट: तालिकामा रकमलाई हजारमा उल्लेख गरिएको छ। प्रतिशेयर आम्दानी र नेटवर्थ रुपैयाँमा रहेको छ।