सिभिल बैंकको नयाँ शाखा धनुषाको ढल्केबरमा, शाखा संख्या ७६ पुग्यो

0
Shares

सिभिल बैंकले धनुषा जिल्लाको ढल्केबरमा नयाँ शाखा संचालनमा ल्याएको छ । ढल्केबार शाखाको उद्घाटन मिथिला नगरपालिकाका मेयर हरि नारायण महतो गरेका हुन्

उद्घाटन कार्यक्रमका प्रमुख अतिथि तथा मिथिला नगरपालिकाका मेयर हरि नारायण महतोले ढल्केबरको बढ्दो आर्थिक गतिबिधि संगै सिभिल बैंकले पनि आफ्नो शाखा उक्त क्षेत्रमा बिस्तार गरेकोमा खुशी गरे ।

बैंकले सामाजिक उत्तरदायित्वको वहन संगसंगै आफ्ना ग्राहकवर्ग तथा अन्य सम्पूर्ण सरोकारवालाहरुका हितलाई ध्यानमा राखी प्रविधिकेन्द्रित सेवा लगायत अन्य सन्पूर्ण सेवा सुविधालाई परिस्कृत गर्दै लाने बैंकका प्रदेश नं २ प्रमुख दिपक कुमार श्रेष्ठ जानकारी गराए । यस्तै उनले बैंकको पहुँचलाई विस्तार गर्दै व्यवसाय अभिवृद्वि प्रतिबद्धता व्यक्त गरे ।

यससंगै बैंकको कुल शाखा संख्या ७६ पुगेको बैंकले जनाएको छ ।