काभ्रेका दैनिक ज्यालादारी गर्नेलाई मेरो माइक्रोफाइनान्सको सहयोग


मेरो माइक्रोफाइनान्सले कोरोना भाइरसका कारण लकडाउन भए पछि दैनिक ज्याला मजदुरी गरेर खाने तथा न्यून आय भएकाहरुलाई आवश्यक खाद्यान्न सामाग्री खरिद गर्न आर्थिक सहयोग गरेको छ । लक्षित समुदायमा सहयोग पुर्याउन माइक्रोफाइनान्सले काभ्रेको मनदेउपुर नगरपालिकाको राधाकृष्ण घनश्याम आधारभूत बिद्यालयलाइ ५० हजार रुपैंया आर्थिक सहयोग गरेको हो ।

संस्थागत उक्तरदायित्व अन्र्तगत ५० हजारको चेक प्रदान गरिएको संस्थाले जनाएको छ । संस्थाले सो बिद्यालयमा अध्ययनरत ६६ जना बिद्यार्थीहरुको परिवारलाई उक्त रकम बराबरको खाद्यान्न सहयोग गरेको समेत जनाएको छ । फाइनान्सको पाँचखाल शाखा कार्यालयका शाखा प्रबन्धक गिता अधिकारीले मदनदेउपुर नगरपालिका ५ का वडाध्यक्ष नारायण लम्साललाई उक्त चेक प्रदान गरेकी हुन् ।

मेरो माइक्रोफाइनान्स लघुवित्त बित्तीय संस्था लिमिटेडले नुवाकोटको बट्टारमा कर्पोरेट कार्यालय सहित देशका ५९ जिल्लमा १२० शाखा कार्यालय मार्फत लघुवित्तीय सेवा प्रदान गरिरहेको छ ।