पाँच जिल्लामा १० जना स्वास्थ्यकर्मीमा कोरोना

0
Shares

अरुलाई कोरोना संक्रमणबाट बचाउन दिनरात ओरात्र खटिने १० जना चिकित्सक, नर्स र स्वास्थ्यकर्मीमा शनिबार बिहानसम्म कोरोना संक्रमण पुष्टि भएको छ।

अग्रपङ्तिमा रहेर संक्रमितको उपचारमा जुटिरहेका धनकुटा, कपिलवस्तु, वीरगञ्ज, बाँके र काठमाण्डौंका स्वास्थ्यकर्मीमा कोरोना संक्रमण देखिएको हो। देशभर कार्यरत हाल ३२ हजार स्वास्थ्यकर्मीमा संक्रमणको उच्च जोखिममा छन् ।

कोरोना संक्रमितको संख्या दिनप्रतिदिन बढ्दै जान थालेपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आवश्यक सतर्कता अपनाउन अपिल गरेको छ । बिहिबार सार्वजनिक बजेटमा सबै स्वास्थ्यकर्मीहरुका लागि ५ लाखको निःशुल्क स्वास्थ्य बीमाको व्यवस्था गरिने व्यवस्था गरिएको छ ।

विश्वभर ३० देशमा ९० हजार भन्दा बढी नर्सहरु कोरोनाबाट संक्रमित भएको तथ्याङ्क अन्तर्राष्ट्रिय नर्सिङ परिषदले सार्वजनिक गरेको छ। अमेरिकामा मात्रै ६० हजार बढी स्वास्थ्यकर्मीहरु संक्रमित छन् ।

प्रकाशित मिति: १७ जेठ २०७७, शनिबार  १२ : ५० बजे