घुस लिएको अभियोगमा प्रहरी जवान विरुद्ध मुद्दा दायर

0
Shares

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सशस्त्र प्रहरी बल ४१ नं गुल्म बुटवलमा कार्यरत जवान भेषेन्द्र केसीविरुद्ध घुस मागेको आरोपमा विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

सशस्त्र प्रहरी जवान केसीले सामान्य व्यापार व्यवसाय गर्दै आएका सेवाग्राहीसँग मासिक रुपमा नगद नबुझाए सामान जफत गरिदिने भन्दै रु दश हजार घुस मागेको आरोप लागेको छ । आयोगले सशस्त्र प्रहरी जवानलाई घुस लिँदालिँदै पक्राउ गरेको थियो । आयोगले बिगो बमोजिमको जरिवाना र कैद सजायको माग गरेको सहायक प्रवक्ता मदन कोइरालाले जानकारी दिए।

आयोगले गत चैत १० गतेदेखि शुरु भएको माध्यामिक शिक्षा परीक्षाको अनिवार्य विज्ञान र सामाजिक अध्ययनलगायतका विषयमा प्रश्नपत्र परीक्षा अगावै सार्वजनिक गरेको अभियोगमा १२ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

आयोगले इलाका प्रहरी कार्यालय कल्याणपुर सिराहाका प्रहरी जवान दिपेन्द्रकुमार मण्डल र ब्रम्हादेव सुनरैत, राहत दरबन्दीमा कार्यरत शिक्षक अरोध यादव र विष्णुदेव यादवलगायतलाई कारवाहीको माग गर्दै मुद्दा दायर गरेको हो । माध्यामिक शिक्षा परीक्षाको प्रश्नपत्र अनधिकृतरुपमा निकाली परीक्षा शुरु हुने निर्धारित समय अगावै सार्वजनिक गरी गैरकानुनी लाभ पु¥याएको पाइएको छ ।