ग्लोबल आइएमई बैंकद्वारा प्रदेश नं. ५ सरकारलाई २५ लाख सहयोग

0
Shares

ग्लोबल आइएमई बैंक (GBIME) ले कोरोना भाईरस (कोभिड –१९) विरुद्धको अभियानमा प्रदेश नं. ५ सरकारलाई नगद २५ लाख सहयोग गरेको छ ।

बुधबार एक कार्यक्रमकाबीच बैंकको प्रदेश नं. ५ का नायव प्रदेश प्रमुख दिलिप डाँगीले प्रदेश नं. ५ सरकारका माननीय मुख्यमन्त्री शंकर पोखरेललाई उक्त रकमको चेक हस्तान्तरण गरे ।

उक्त कार्यक्रममा बोल्दै मुख्यमन्त्री पोखरेलले कोरोना भाईरस (कोभिड –१९) विरुद्धको अभियानमा बैंकले गरेको यस सहयोग महत्वपूर्ण रहने उल्लेख गर्दै बैंकलाई धन्यवाद दिए ।

कोभिड – १९ ले आम विश्व समुदायलाई त्रसित बनाइरहेको अवस्थामा नेपाल र नेपाली पनि उच्च जोखिममा रहेको यस घडीमा यस योगदानबाट यो भाईरस विरुद्व लड्न थप प्रेरणा र सहयोग हुने विश्वास बैंकले लिएकोे छ ।

बैंकले स्थापनाकाल देखि नै दैवी तथा अन्य विपत्तीको अवस्थामा आफनो सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राखेर विभिन्न कार्यहरुमा सहयोग गर्दै आएको छ र आगामी दिनहरुमा समेत यस्तो सहयोग लाई निरन्तरता दिँदै जानेछ ।