मर्जर प्रस्तावसहित नयाँ नेपाल लघुवित्तले बोलायो विशेष साधारण सभा

0
Shares

नयाँ नेपाल लद्युवित्त वित्तीय संस्था लिमिटेडले असार ८ गते सोमबार  म्याकडोनाल्ड फुड क्याफे रेष्टुरेष्ट एन्ड ब्याङकेट, मध्यवानेश्वरमा विशेष साधारणसभा बोलाएको छ ।

सारथी लघुवित्त वित्तीय संस्थासँग मर्जरमा जानका लागि सम्झौता गरिसकेको उक्त कम्पनीले उक्त सम्झौतालाई अन्तिम रुप दिन विशेष साधारण सभा बोलाएको हो ।

सारथी लघुवित्तको १ कित्ता शेयर बराबर नयाँ नेपाल लघुवित्तको पनि १ कित्ता शेयर आदानप्रदान गर्ने सम्झौता बमोजिम ती दुई कम्पनी एक आपसमा गाभिन लागेका हुन् । दुई कम्पनी एक भएपश्चात कम्पनीको नाम सारथी नेपाल लघुवित्त वित्तीय संस्था रहने प्रस्तावलाई समेत सभाले पारित गर्नेछ ।

सारथीले पनि मर्जर सम्बन्धि प्रस्ताव पारित गर्न असार ५ गते दियालो फूडल्याण्ड, बसुन्धरा, काठमाडौंमा विशेष साधारण सभा बोलाएको छ । 

नयाँ नेपाल लघुवित्तको चुक्तापूँजी १० करोड ८ लाख छ भने सारथीको १३ करोड १६ लाख ६० हजार छ । 

सारथी लघुवित्तले यस अघि सत्यवती लघुवित्त वित्तीय संस्थालाई गाभेको थियो ।