यातायात कार्यालयका प्रमुख सहित १७ जनालाई करोडौ भष्ट्रचारको मुद्धा

0
Shares

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यातायात व्यवस्था कार्यालय (सवारी) कोशीका तत्कालीन कार्यालय प्रमुख नयराज नेपालसहित १७ जना उपर राजस्व रकम हिनामिना गरेको सम्बन्धी आरोप-पत्र दायर गरेको छ।

अख्तियारले २०७३ चैत्र देखी २०७४ आषाढ मसान्तसम्मको अनुसन्धान हुँदा उपलब्ध भएका तथ्यगत विवरण, प्रमाण कागज समेतको विवेचना समेतका आधारमा सेवाग्राहीहरुबाट संकलित रकम हिनामिना गर्ने १७ जना विरुद्ध मुद्धा दायर गरेका जनाएको छ ।

अख्तियारले उनीहरुलाई भ्रष्टाचार निवारण ऐन, २०५९ वमोजिम कैद सजाय र जरिवाना एवं बिगो असुल गर्न मागदाबी लिई आज विशेष अदालत काठमाडौंमा आरोप-पत्र दायर गरेको हो।

 
देहाय:
सि.नं  नाम, पद  कार्यालय  बिगो रु.  सजायको मागदाबी
तत्कालीन कार्यालय प्रमुख नयराज नेपाल  यातायात व्यवस्था कार्यालय (सवारी) कोशी १,०८,२९,०६९।- भ्रष्‍टाचार निवारण ऐन, २०५९ को दफा ७ को खण्ड (ग) बमोजिमको कसूर गरेको पुष्टि हुन आएकोले सोही ऐनको दफा ३ को उपदफा (१) बमोजिम बिगो असुल उपर गरी जफत हुन मागदाबी लिइएको छ।
तत्कालीन कार्यालय प्रमुख तिर्थराज लम्साल   ३,३०,७९,३७३।-  ”             ”
तत्कालीन कार्यालय प्रमुख गोपाल थपलिया  १,३०,७२,१५३।-  ”             ”
तत्कालीन कार्यालय प्रमुख भुपेन्द्र राई  ५६,१२,५४७।-   ”             ”
तत्कालीन लेखा अधिकृत टीकाराम अधिकारी  १,२५,४८,००६।-  ”             ”
 तत्कालीन लेखापाल सुरेश अधिकारी ३,७२,४४,७५५।-  ”             ”
तत्कालीन लेखापाल रुद्र प्रसाद दाहाल  ३,४८,९३,२१६।-  ”             ”
तत्कालीन लेखापाल अर्जुन भट्टराई  २,१७,३२,४७३।-  ”             ”
तत्कालीन लेखापाल कृष्ण प्रसाद कट्टेल  ७३,६२,४५५।-  ”             ”
१०  कम्प्युटर अपरेटर (करार) सुजन राई  २२,४४,३३६।-  ”             ”
११ कम्प्युटर अपरेटर राकेश रोशन मस्राङ्गी मगर फोकस वान नेपाल प्रा.लि. ५,९४,९८,९३१।-  भ्रष्‍टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (४) मा परिभाषित कसुर गरेको स-प्रमाण पुष्‍टि भएको हुँदा न्यून दाखिला भएको राजस्व सोही ऐनको सोही दफा बमोजिम असुल उपर गरी जफत हुन मागदाबी लिइएको छ।
१२  कम्प्युटर अपरेटर रमेश पौडेल  ५,९४,९८,९३१।-  ”             ”
१३  कम्प्युटर अपरेटर भूमिराज अधिकारी ५,९४,९८,९३१।-  ”             ”
१४ कम्प्युटर अपरेटर हरिमदन ढुङ्गेल  ५,९४,९८,९३१।-  ”             ”
१५ कम्प्युटर अपरेटर दिपेन्द्र कुमार मण्डल   १,४६,५२६।-  ”             ”
१६ कम्प्युटर अपरेटर मैया कुमारी चापागाई   २२,४४,३३६।-  ”             ”
१७ कम्प्युटर अपरेटर रविन कुमार विश्वास ४५,४६१।-  ”             ”