प्रभु लाइफ इन्स्योरेन्सको आईपीओ रेटिङ सम्पन्न, ६० लाख कित्ता आईपीओ आउँदै

0
Shares

प्रभु लाइफ इन्स्योरेन्स कम्पनीले निष्काशन गर्न लागेको ६० लाख कित्ता प्राथामिक शेयर (आईपीओ) को रेटिङ सम्पन्न भएको छ।

कम्पनीले सर्वसाधारणका लागि निष्काशन पूर्व धितोपत्रको इक्रा नेपालबाट क्रेडिट रेटिङ गराएको हो।

रेटिङ कम्पनी इक्राले इन्स्योरेन्सको आईपीओलाई इक्रा एनपी आईपीओ ग्रेड ४ रेटिङ प्रदान गरेको हो । ग्रेड ४ रेटिङले कम्पनीको आधारभुत पक्ष औषतभन्दा तल रहेको देखाउँछ ।

हाल चुक्ता पूँजी १ अर्ब ४० करोड रहेकोमा जीवन बीमा कम्पनीहरुका लागि नियामक निकाय बीमा समितिले तोकेको चुक्ता पूँजी २ अर्ब र्पुयाउन ६० करोड रुपैयाँ बराबरको ६० लाख कित्ता आईपीओ निष्काशन गर्ने प्रक्रिया छ।

चालू आवको तेस्रो त्रैमासमा कम्पनीले ४५ प्रतिशतले वृद्धि गर्दै ५ करोड ५५ लाख नाफा र १०५ प्रतिशतले बीमाशुल्क वृद्धि गदै ५२ करोड १० लाख आर्जन गरेको छ ।

प्रकाशित मिति: २७ जेठ २०७७, मंगलबार  १७ : ४३ बजे