प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरस रोकथाम तथा नियन्त्रण गर्न भएको खर्चमा अनियमितता गरेको पाइएमा कारबाही गर्ने बताएका छन् ।
प्रतिनिधिसभाको बुधाबारको बैठकलाई सम्बोधन गर्दै उनले अनियमितता भएको पाइएमा कानुनको कठघरामा उभ्याइने बताएका हुन्। केही सांसदहरूले जे कुरामा पनि अनियमितता भएको आरोप लगाउने गरेको भन्दै प्रधानमन्त्रीले असन्तुष्टि जनाए।
प्रधानमन्त्रीले भने, ‘कुनै पनि अनियमितता, अपारदर्शिता, भ्रष्टाचारजस्ता कुराहरू सरकारले सहँदैन। छानबिन गर्छ, कारबाही गर्छ । कठघरामा उभ्याइन्छ । दोषी पाइएमा दण्डित गरिन्छ।’
सरकारका हरहिसाबको प्रतिवेदन राष्ट्रपति र संसद्मा आउँछ। आन्तरिक लेखा परीक्षण हुन्छ। अहिले हिसाबको चिन्ता नगरौं, कोरोनाको चिन्ता गरौं ।’यस्तो महामारीको बेला पनि कोही भ्रष्टाचारमा संलग्न भएको छ । यस्तो कठिन अवस्थामा पनि अनियमितता भएको छ भने सहिन्न।’ प्रधानमन्त्रीले भने।
कोरोना भाइरस नियन्त्रण र रोकथामका लागि सरकारले गरेको १० अर्ब खर्चको हिसाब देखाउन प्रमुख प्रतिपक्षी कांग्रेसले मंगलबारको बैठकमा माग गरेको थिए ।
प्रतिक्रिया