सभामुख महोदय, १० अर्ब रुपैया कहाँ खर्च भयो, एक-एक हिसाब चाहियो ?

0
Shares

प्रतिनिधिसभाको मंगलबारको बैठकमा बोल्दै कांग्रेसका सांसद गगन थापाले कोरोना नियन्त्रणका लागि भएको भनिएको १० अर्ब खर्चको एक एक हिसाब सदनलाई जानकारी गराउन माग गरेमन छन्।

सांसद थापाले यो सरकारले जनता र मुलुकलाई कोरोना मुक्त बनाउन नसक्ने दाबी गर्दे दम्भ र भ्रष्टाचारमा लिप्त रहेको आरोप लगाए । उनले भने, “यो सरकारले कोरोनाको लडाईबाट हामीलाई पार लगाउन सक्दैन । अब हामी सहयोग गर्छौं भनेर मात्रै बस्दैनौं । अब हामी प्रश्न गर्छौ । उत्तर चाहन्छौं र सरकारलाई जवाफदेही बनाएर छाड्छौं।’ थापाले भने ।

‘हामीलाई अब उत्तर चाहिन्छ सम्माननीय सभामुख महोदय । १० अर्ब रुपैया खर्च कहाँ भयो ? हामीलाई एक एक कुराको हिसाबकिताब चाहिन्छ । यस्तो राष्ट्रिय विपत्तिको बेलामा भ्रष्टाचारमा लिप्त हुने यो र्निलज्जताको पराकाष्ट भएको बताउँदै उनले थपे “यो क्वारेन्टाइन हो कि मान्छे मार्ने कन्सन्ट्रेशन क्याम्प हो रु हामीलाई यसको पनि जवाफ चाहिन्छ ।

उनले अदालत, संसद, विज्ञ सबैले पीसीआर परीक्षणको दायरा बढाउन भनेपनि सरकारले वेवास्ता गरेको, क्वारेन्टाइनमा बसेका र मरेका व्यक्तिको कोरोना परीक्षण नगर्ने मापदण्ड बनाएको भन्दै आपत्ति जनाए ।

प्रकाशित मिति: २७ जेठ २०७७, मंगलबार  १४ : ०९ बजे