वीरगन्ज महानगरको बजेट: ठेला र साईकलमा कर, कुहिएको तरकारी फ्याक्नेलाई जरीवाना !

0
Shares

आगामि आर्थिक बर्षको बजेटको बारेमा विभिन्न सरोकारवाला संघ,संस्थहरुसगं वीरगन्ज महानगरपालिकाले छलफल गरी राय सुझाव संकलन गरेको हो ।

महानगरपालिकाका नगर प्रमुख विजय कुमार सरावगीको विशेष उपस्थितीमा विभिन्न क्षेत्रका व्यवसायी तथा संघ संस्थाहरुको अगुवाहरुसगं छलफगरी रायसुझाव लिने कार्यलाई महानगरपालिकाले तिब्रता दिएको हो ।

तरकारी, फलफूल, माछमासु ब्यवसायी, ट्रान्सर्पोट एशोसिएसनसँगका तथा ई रिक्सा ब्यवसायीहरुसगं छलफल गरी उक्त व्यवसायहरुमा हुने गरेको समस्या,त्यसको प्रवद्धन र व्यवस्थापन को बारेमा महानगरापलिकाले राय सुझाव लिएको हो ।

छलफलमा तरकारी तथा माछा मासु व्यवसायीहरुले ब्यवस्थीत तरकारी वजारको लागि वीरगंज क्षेत्र भित्र छपकैया, विर्ता, माईस्थान, मूर्ली, गण्डक क्षेत्र आसपासमा स्थायी तरकारी हाडवजारको स्थापना गर्नुपर्ने माईस्थानमा रहेको थोक तरकारी वजारलाई त्यहाँबाट अन्यत्र सार्नुपर्ने ,कुहिएको तरकारी सडकमा फ्याक्नेलाई पाँच सय भन्दा वढी जरीवाना लगाउनु पर्ने , फूटपाथमा फलफूल र तरकारी वेच्न रोक लगाउनु पर्ने , घण्टा देखि माईस्थान सम्म सडकमा लगाईएको तरकारी वजारलाई त्यहाँबाट हटाउनु पर्ने र अस्थायी रुपमा सडकमा ठेला र साईकलमा फलफूल वेच्नेलाई पनि करको दायरामा ल्याउनु पर्ने लगायतका सुझाव दिएका थिए ।

यसैगरीट्रान्सर्पोट एशोसिएसनसँगको छलफलमा उपयुक्त ठाउँमा नगरपालिकाले नै ट्रान्सर्पोट ब्यवसायीको लागि भवन वनाईदिनु पर्ने, ग्रिन सिटीले दुख दिने गरेको अत्याधुनिक ट्रान्सर्पोट एरिया स्थापना गर्दा बैक र इन्टरनेट भएको ठाउँमा पहिलो प्राथमिकता हुनु पर्ने,सुरक्षाको दृष्टिकोणले पानि उपयुक्त ठाउँ लगायतका कुराहरु नगर प्रमुख विजय कुमार सरावगी समक्ष सुझाव दिएका थिए ।

ई रिक्सा ब्यवसायीसँग भएको छलफलमा सवै ई रिक्सा अव देखि नगरपालिकामा दर्ता हुने, सवै ई रिक्सा ब्यवसायी संघहरुले संचालन सम्वन्धी नीति वनाएर ल्याउने,नगरपालिकाले तोकेको रुटमा मात्र सवारी साधन चलाउने र कुनै विवाद भएमा नगरपालिकाले नै अन्तिम निणर्य लिने जस्ता स्थानिय प्रवधान लागु गर्न सुझावहरु आएका थिए ।