सरकारले टर्कीका व्यवसायीलाई नेपालमा लगानी गर्न आग्रह गरेको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले नेपालमा लगानी गर्ने प्रशस्त अवसर रहेको भन्दै टर्कीका व्यवसायीलाई नेपालमा लगानी गर्न आग्रह गरेका हुन्।
टर्कीका व्यवसायीसँग आज भएको भर्चुअल बैठकमा मन्त्री भट्टराईले अहिलेको संसद्मा बहुमतले बनेको वर्तमान सरकार समृद्धि र विकासका लागि प्रतिबद्ध भएको बताउँदै लगानीमैत्री वातावरण बनेको विश्वास दिलाए। उनले सरकारको नारा नै ‘समृद्ध नेपाल र सुखी नेपाली’ भएकाले समृद्ध नेपाल बनाउन व्यवसायीलाई आग्रह पनि गरे।
मन्त्री भट्टराईले नेपालमा जलविद्युत् र पर्यटन क्षेत्रमा लगानी गर्ने अवसर भएको धारणा व्यक्त गरेका छन् ।
बैठकमा टर्कीका वैदेशिक आर्थिक तथा सम्बन्ध बोर्डका अध्यक्ष निल ओलपाक, नेपालका लागि टर्कीका राजदूत सकिर ओजान टोरुनलर, व्यापार परिषद् अध्यक्ष मुस्तफा अकिनसीलर सहभागी भएका पर्यटन मन्त्रालयले जनाएको छ ।
प्रतिक्रिया