हिमालयन जनरलले डाक्यो साधारण सभा, ८ करोडको लाभांश अनुमोदन हुँदै

0
Shares

हिमालयन जनरल इन्स्योरेन्स (HGI) ले असार २९ गते २६ औं वार्षिक साधारण सभा आह्वान गरेको छ।

कम्पनी सञ्चालक समितिको असार १ गते सम्पन्न २५३ औं बैठकले केन्द्रीय कार्यालय थापागाउँमा बिहान ११ बजे सभा आह्वान गरेको हो।

साधारण सभाले चुक्ता पूँजी १ अर्ब २ करोड ७२ लाख रुपैयाँको ४ प्रतिशत (४ करोड १० लाख ८८ हजार) बोनस शेयर र कर सहित ३.७५ प्रतिशत नगद (३ करोड ८५ लाख २० हजार रुपैयाँ) नगद लाभांश अनुमोदन गर्ने मुख्य प्रस्ताव रहेकाो छ।

यसअनुसार गत आव २०७५।७६ को नाफाबाट कम्पनीले बोनस र नगद गरि कस्ल ७ करोड ९६ लाख ८ हजार रुपैयाँ वितरण अनुमोदन गर्नेछ।

यस्तै प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संसोधन गर्न सञ्चालक समितिलाई अख्यिारी दिने, वार्षिक प्रतिवेदन, नाफा नोक्सान हिसाब, तथा नगद प्रवाह विवरण, इक्वीटीमा भएको परिवर्तन, तथा लेआपरिक्षक नियुक्ति र पारिश्रमिक निर्धारण लगायतका प्रस्तावहरु समेत साधारण सभामा राखिएको छ।

साधारण सभाका लागि कम्पनीले बैशाख १२ गते शेयरधनी दर्ता किताब बन्द (बुकक्लोज) गरेको छ। यसअनुसार सो दिनभन्दा अघिल्लो कारोबार दिनसम्म कायम रहेका शेयरधनीले लाभांश पाउन र सधारण सभामा प्रतिनिभित्व जनाउन सक्नेछन्।

प्रकाशित मिति: ३ असार २०७७, बुधबार  ११ : ३६ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।