प्रभु बैंकको टिकापुर शाखा सञ्चालनमा


प्रभु बैंकले कैलालीको टिकापुर १ स्थित टिकापुर शाखा औपचारिक रुपमा सञ्चालनमा ल्याएको छ । उक्त शाखाको टिकापुर नगरपालिकाका नगर प्रमुख टपेन्द्र बहादुर रावलले उद्घाटन गरेका थिए ।

आप्mनो शाखा सञ्जाल विस्तार गरी सेवाग्राहीहरुलाई सरल र सहज रुपमा अत्याधुनिक प्रविधि सहितको गुणस्तरीय बैंकिङ्ग सेवा पुर्याउने उद्देश्यका साथ जेठ ३१ गतेदेखि बैंकले सो शाखा सञ्चालनमा ल्याएको हो ।

टिकापुर शाखाबाट त्यहाँका स्थानीय सर्वसाधारणहरु, फर्म, कम्पनी तथा संघ संस्थाहरुले बैंकको गुणस्तरीय सेवा उपभोग गरी लाभान्वित हुने र सो क्षेत्रको समग्र आर्थिक विकासमा टेवा पुग्नेछ विश्वास बैंकले लिएको छ ।

टिकापुर शाखा समेत गरी बंैकले हालसम्म १८४ वटा शाखा, १४६ वटा एटीएम र २३ वटा एक्सटेन्सन काउण्टरबाट सेवा प्रदान गर्दैै आएको छ ।