बैंक अफ काठमाण्डूको एक्टेन्सन् काउण्टर विराटनगरमा


बैंक अफ काठमाण्डूले नोबेल मेडिकल कलेज, विराटनगरबाट एक्सटेन्सन काउण्टर सञ्चालनमा ल्याएको छ ।

बैंकले आफ्नो सेवा तथा सुविधाहरुलाई विस्तार गर्ने उद्देश्यले एक्सटेन्सन काउण्टरको स्थापना गरेको हो । जेठ ३० गते डा. राजेश नेपालले उक्त एक्सटेन्सन काउण्टरको उद्घाटन गरेका हुन् ।

आर्थिक वर्ष २०७५÷२०७६ को तेस्रो त्रैमासिकको अन्त्यसम्म बैंकले ८१ अर्ब १३ करोड निक्षेप संकलन गरी ७१ अर्ब २६ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । हाल बैंकले ८७ शाखा, ७५ वटा तथा ९ वटा एक्टेन्सन् काउण्टरबाट बैंकिङ्ग सेवा प्रदान गर्दै आइरहेको छ ।