महालक्ष्मी विकास बैंकको नयाँ शाखा विस्तार


महालक्ष्मी विकास बैंकले जेठ ३१ गतेदेखि काठमाडौँ महानगरपालिकाको वार्ड नं ४ स्थित भाटभटेनी, टंगालमा शाखा विस्तार गरी बैकिङ्ग कारोबार सञ्चालन गरेको छ ।

टंगालमा शाखा सञ्चालन पश्चात् यस बैंकको कूल शाखा संख्या ९६ पुगेको छ । बैकिङ्ग सेवाको पहुँच देशभर पु¥याउने उद्देश्य बमोजिम शाखा सञ्जाल विस्तार गर्दै आइरहेको बैंकले जनाएको छ ।

बैंकले शाखा स्थापना गरिएका क्षेत्रहरुमा ग्राहकहितलाई मध्यनजर गर्दै बचत परिचालन योजना कार्यन्वयन अन्तर्गत उत्पादनमूलक क्षेत्रमा लगानीगरी देशको अर्थतन्त्र सुदृढ बनाउन प्रयासरत रहने प्रतिबद्धता जनाएको छ ।