सोमबार थप ५३५ जनामा कोरोना पुष्टि, रसुवा बाहेक सबै जिल्लामा फैलियो कोरोना

0
Shares

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार असार ८ गते सोमबार पछिल्लो २४ घण्टामा थप ५३५ जना नयाँ व्यक्तिमा कोरोना भाइरस (कोभिड १९) संक्रमण पुष्टि भएको छ ।

यससँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ९ हजार ५६१ पुगेको छ । रसुवा एउटा जिल्ला मात्रै कोरोना संक्रमण मुक्त रहेको छ। रसुवा बाहेक बाँकी सबै ७६ जिल्लामा कोरोना संक्रमण देखिएको छ ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा ३३८ जना पुरुष र ३२ जना महिला गरि कूल ३७० जना कोरोना मुक्त भएर डिस्चार्ज भएका छन्। हालसम्म २ हजार १४२ जना कोरोना निको भएर डिस्चार्ज भएका छन्।

हालसम्म यो संक्रमणबाट २३ जना व्यक्तिको मृत्यु भैसककेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोमबार कुनै कोरोना संक्रमितको मृत्यु भएको छैन।

हालसम्म १ लाख ८१ हजार ३७१ वटा पीसीआर परीक्षण भएकोमा १ लाख ७१ हजार ८१० वटा परीक्षण नेगेटिभ आएको छ। अहिले पनि ७ हजार ४१९ जना व्यक्तिमा कोरोना भाइरसको संक्रमण जारी रहेकोले आइसोलेसमा उपचाररत रहेका छन्।

प्रकाशित मिति: ८ असार २०७७, सोमबार  १६ : ४० बजे