मालपोत कार्यालयबाट प्रवाह हुने सेवा अन्तर्गत १२ थान लिखत पारित

0
Shares

रसुवा जिल्ला मालपोत कार्यालयबाट प्रवाह हुने सेवा अन्तर्गत बन्दाबन्दी अवधिमा बाह्र थान रजिष्टे«शन पारित भएको छ ।

पारित भएका लिखतमध्ये १० थान बैंक वित्तीय संस्थाको धितो बन्धक र दुई व्यक्ति व्यक्तिबीच जमीनको भूस्वामित्व फेरबदल रहेको मालपोत कार्यालयका प्रमुख गणेश श्रेष्ठले जानकारी दिए।

सेवा लिन आउने सेवाग्राहीलाई सामाजिक दूरी राखेर कार्य सम्पन्न गरी पठाउने गरिएको बताइएको छ। यसैगरी यही असार १ गतेदेखि जिल्लाभित्र निर्माणाधीन जलविद्युत आयोजना, विद्युत् प्रसारण लाइन तथा बेत्रावती, मैलुङ, स्याफ्रुबेँसी र रसुवागढी राजमार्गमा परेका जग्गाको व्यक्तिका नामबाट लगत कटृाका लागि यकिन विवरण तयार पार्ने कार्य भइरहेको नापी अधिकृत ध्रुव पौडेलले बताए।

यस्तै लाङटाङ राष्ट्रिय निकुञ्जमा वन पैदावार सम्बन्धी सेवा लिनका लागि दैनिक एकदुई सेवाग्राही आउने गरेको बताइएको छ ।

प्रकाशित मिति: ११ असार २०७७, बिहीबार  १५ : १७ बजे