बिहीबार ४३४ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमका अनुसार यससँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ हजार १६२ जना पुगेको छ।
काठमाडौं र भक्तपुरमा ४/४ जना तथा ललितपुरका एक जना गरि उपत्यकामा ९ जना कोरोना संक्रमित फेला परेका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमका अनुसार हालसम्म भएका संक्रमति संख्या ११ हजार १६२ जनामध्ये १ हजार १४२ महिला र १० हजार ०२० जना पुरुष रहेका छन्।
बुधबार ११० जना महिला र ५१९ जना पुरुष गरि ६२९ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म यो संक्रमणबाट २६ जनाले ज्यान गुमाएका छन्। पछिल्लो २४ घण्टामा मात्रै थप २ जनाको निधन भएको हो। हालसम्म १ लाख ९९ हजार ७३७ वटा पीसीआर परीक्षण सम्पन्न भएको छ । जसमध्ये पछिल्लो २४ घण्टामा मात्रै ६ हजार ५४३ वटा पीसीआर परीक्षण गरिएको छ।
कूल परिक्षण गरिएकोमध्ये १ लाख ८५ हजार ८९९ वटा परीक्षण रिर्पोट नेगेटिभ आएको छ। देशभरका विभिन्न अस्पतालको आइसोलेसनहरुमा ८ हजार ४८६ जना उपचाररत रहेका छन्।
पछिल्लो २४ घण्टामा कोरोना संक्रमण जितेर डिस्चार्ज हुनेको संख्या ३१२ जना रहेका छन्। जसमध्ये १९ जना महिला र २९३ जना पुरुष रहेका छन्। कोरोना भाइरस संक्रमण निको भएर घर फर्किनेको कूल संख्या २ हजार ६५० जना पुगेको छ। ७४ हजार २२ जना क्वारेन्टाइनमा रहेका छन्।
नेपालमा रसुवा बाहेकका बाँकी सबै ७६ जिल्लामा कोरोना भाइरस संक्रमण फैलिएको छ ।
प्रतिक्रिया