सिभिल लघुवित्तको शेयरमूल्य समायोजन

0
Shares

सिभिल लघुवित्तको शेयरमूल्य सोमबार समायोजन भएको छ। नेप्सेले गत आर्थिक वर्षको नाफाबाट वितरण गर्न प्रस्ताव गरेको बोनस र हकप्रदको बुकक्लोजसँगै नेप्सेले शेयरमूल्य समायोजन गरेको हो।

लघुवित्तको ५ प्रतिशत बोनस र १०० प्रतिशत हकप्रद समायोजन पश्चात प्रतिकित्ता ५४७ रुपैयाँ कायम गरेको छ। यसअघि लघुवित्तको शेयर प्रतिकित्ता १ हजार २२ रुपैयाँमा कारोबार भएको थियो।

प्रकाशित मिति: १५ असार २०७७, सोमबार  ११ : ०० बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।