एनआईसी एशिया लघुवित्तको आईपिओ ३० हजार आवेदकलाई २० कित्ता !

0
Shares

एनआईसी एशिया लघुवित्तको प्राथमिक शेयर (आईपीओ) मा अहिलेसम्मकै सबैभन्दा धेरै आवदन परेको छ ।

शेयर बिक्री प्रबन्धक सानिमा क्यापिटलका अनुसार लघुवित्तको आईसपिओमा ४ लाख १४ हजार १८० वटा आवेदन परेको छ। यो आवेदन संख्या सर्वसाधारणमा निष्काशन गरिएको आईपीओमा परेको हालसम्मकै उच्च संख्या हो।

लघुवित्तले सर्वसाधारणमा ४४ करोड ४३ लाख २० हजार रुपैयाँ बराबरको ४४ लाख ४३ हजार २ सय कित्ता आईपिओ निष्कासन गरेको थियो। जसमा २ अर्ब ३० करोड ६५ लाख ३९ हजार रुपैयाँ बराबरको २ करोड ३० लाख ६५ हजार ३९० कित्ताका लागि माग भएको क्यापिटलले जनाएको छ। जुन निष्कासन भन्दा ५.१९ गुणा बढी हो ।

आईपिओ माग गर्दै परेका सबै आवेदन सदर भएमा ३ लाख ८४ हजार ४० आवेदकले १० कित्ताका दरले शेयर पाउनेछन् भने ३० हजार १४० आवेदकले २० कित्ताका दरले शेयर पाउने देखिएको छ । अहिले परेका आवेदनहरुको अन्तिम तथ्यांक परिमार्जन भएमा केहि तलमाथि हुनसक्छ ।

लघुवित्तले असार १० गते बुधबारदेखि एक सय रुपैयाँ अंकित दरमा कूल ४७ करोड ५५ लाख रुपैयाँ बराबरको ४७ लाख ५५ हजार कित्ता आईपीओ बिक्री खुल्ला गरेको थियो। जसमध्ये ७४ हजार कित्ता कर्मचारीलाई र २ लाख ३७ हजार ८०० कित्ता साधारण शेयर सामूहिक लगानी कोषको लागि बाँडफाँड गरिसकिएको छ। सर्व साधारणलाई ४४ लाख ४३ हजार २०० कित्ता बाँडफाड हुनेछ ।

प्रकाशित मिति: १५ असार २०७७, सोमबार  ११ : ४८ बजे