जीवन बीमाशुल्क भुक्तानी गर्ने म्याद पुन : एक हप्ता थप

0
Shares

बीमा समितिले जीवन बीमाशुल्क भुक्तानी गर्ने म्याद पुन: एक हप्ता थप गरेको छ ।

सोमबार  समितिले जीवन बीमा कम्पनीहरुलाई असार २२ गतेसम्म बीमाशुल्क भुक्तानी गर्ने म्याद थप र ब्याज नलाग्ने व्यवस्था गर्न निर्देशन दिएको हो ।

असार २२ गते पछि भने तोकिएको मात्रामा ब्याज लाग्ने समितिकोे भनाइ छ । यसअघि समितिले असार १५ गते भित्र बीमाशुल्क तिर्ने म्याद दिएको थियो ।