भन्सार कार्यालय सिरहाले संकलन गर्यो लक्ष्यभन्दा दोब्बर राजस्व

0
Shares

भन्सार कार्यालय सिरहाले चालू आर्थिक वर्ष ०७६/७७ सकिनु अगावै लक्ष्यभन्दा दोब्बर राजस्व सङ्कलन गरेको छ ।

लकडाउनका कारण भन्सारमा शिथिलता आए पनि ठाडी भन्सारले लक्ष्यभन्दा देब्बर राजस्व सङ्कलन गरेको हो। भन्सार कार्यालयले चालू आव २०७६÷७७ सकिन केही दिन बाँकी रहँदै ७ करोड १६ लाख ७९ हजार राजस्व सङ्कलन भएको कार्यालय प्रमुख नरेश साहले जानकारी दिए। लकडाउनमा राहत सामग्रीको आयात बढेकाले राजस्व सङ्कलन बढेको प्रमुख साहको भनाइ छ ।

चालू आव २०७६÷७७ मा ४ करोड ७९ लाख लक्ष्य तोकिएकामा हालसम्म उक्त राजस्व सङ्कलन भएको हो। लकडाउनमा राहत दिन भारतबाट गहुँ, चामल, आलु, प्याज, फलफूल, बेसार र तरकारीलगायतका सामग्रीको आयात बढेको थियो।

प्रकाशित मिति: १८ असार २०७७, बिहीबार  १४ : २३ बजे