लुम्बिनी जनरल इन्स्योरेन्सको लाभांश पारित

0
Shares

लुम्बिनी जनरल इन्स्योरेन्सले गत आर्थिक वर्षको मुनाफाबाट प्रस्ताव गरेको लाभांश पारित गरेको छ । कम्पनीको बुधबार सम्पन्न १५औं वार्षिक साधारण सभाले ८.१२५ प्रतिशत बोनस पारित गरेको हो।

इन्स्योरेन्सले आ.ब. २०७५/०७६ को मुनाफाबाट बिगतमा जारी गरेको २०% हकप्रद शेयरले समेत प्राप्त गर्ने गरी चुक्ता पूँजी एक अर्ब ५ करोड ६० लाखको ८.१२५% हुन आउने ८ करोड ५८ लाख बराबरको बोनस शेयर वितरणको प्रस्ताव पारित गरेको हो।

साथै कम्पनीले कर प्रयोजनको लागि ४२ लाख ९० हजार बराबर नगद लाभांश समेत प्रदान गर्ने भएको छ। बोनसपछि कम्पनीको चुक्ता पूँजी एक अर्ब १४ करोड १८ लाख रुपैयाँ पुग्नेछ ।

साथै उक्त सभाले सर्वसाधारण शेयरधनीहरुको समूहबाट गणेश राज रेग्मी र कमल भटृराई आगामी चार बर्षको लागि संचालकमा निर्वाचित गरेको छ।