सुनको मूल्य ऐतिहासिक उचाईमा, दुई दिनमा प्रतिलोला दुई हजारले बढ्यो  


नेपालको धार्मिक, सांस्कृतिक तथा बैवाहिक समारोहमा प्रयोग हुँदै आइरहेको बहुमूल्य धातु सुनको मूल्य पुरानो रेकर्ड तोड्दै इतिहास कै नयाँ उचाईमा पुगेको छ। छापावाल सुनको मूल्यले शुक्रबार तोलाको ६५ हजार रुपैयाँ पुगेर नयाँ रेकर्ड बनाएको छ । 

अघिल्लो दिन विहीबार सुन प्रतितोला ६४ हजार रुपैयाँमा कारोबार भएको थियो । 
बिहीबार एकैदिनमा प्रतितोला एक हजार रुपैयाँ बढेको सुन शुक्रबार पनि एक हजार रुपैयाँले बढेको छ । दुई दिनको सुनको मूल्य प्रतितोला दुई हजार रुपैयाँ बढेको छ । 

तेजाबी सुन प्रतितोला ६४ हजार ७०० र चाँदी प्रतितोला ७४० रुपैयाँ पुगेको छ। अघिल्लो दिनको तुलनाका चाँदीको मूल्य समेत प्रतितोला दश रुपैयाँले बढेको हो । 

अन्तराष्ट्रिय बजारमा सुन महँगिएपछि त्यसको असर नेपालमा पनि देखिएको हो। अन्तराष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔंस १३९४ डलर पुगेको छ। यो पाँच ५ वर्ष यताकै उच्च बिन्दु हो । 
सरकारले सुनमा लाग्ने भन्सारदर वृद्धिले गरेकाले पनि सुन महङ्गो भएको व्यवसायीको भनाई छ । सरकारले आगामी आर्थिक वर्षको बजेटमा सुन चाँदीजस्ता बहुमूल्य धातुलाई बैंक निक्षेपको रुपमा राख्न सकिने व्यवस्था गरेको छ । यो व्यवस्थाले पनि सुन तथा चाँदीको भाउ बढ्न सहायोग पुगेको बताईन्छ । बजेट यता नै सुनको भाउ प्रतितोला ६ हजार रुपैयाँ बढीसकेको छ ।