ईजीलिंक रेमिटेन्स नेपाल क्लियरिङ्ग हाउसमा आबद्ध

0
Shares

ईजीलिंक रेमिटेन्स प्रा.लिले नेशनल पेमेन्ट्स इन्टरफेस एनपिआई को प्रयोग गरी रेमिटेन्स कारोबारहरु सिधै लाभग्राहीहरुको बैंक खातामा जम्मा हुने गरी सुविधा दिन अप्रत्यक्ष सदस्यको रुपमा नेपाल क्लियरिङ्ग हाउसमा आबद्ध भएको छ ।

यो व्यवस्थासँगै ईजीलिंक रेमिटेन्सका भुक्तानीका कारोबारहर कनेक्ट आईपिएस ईपेमन्ट प्रणाली मार्फत रियल टाइममा तुरुन्तै भुक्तानी गर्न सकिन्छ भने अन्तरबैंक विद्युतीय भुक्तानी प्रणाली एनसिएचएल आइपिएस मार्फत तोकिएको समय सीमामा समेत भुक्तानी कारोबारहरु गर्न सकिनेछ ।

यस साझेदारीले बैंक खातामा आधारित रेमिटेन्सको लागि ईजीलिंकको सेवा प्रवाहमा उल्लेख्य सुधार ल्याउने अपेक्षा गरिएको छ ।

विभिन्न भुक्तानी प्रणालीहरुको एकीकृत इन्टरफेसको रुपमा विकास गरिएको लक्ष्य मार्फत हाल उपलब्ध कनेक्ट आईपिएस र एनसिएचएल आइपिएसको सञ्जालमा क्रमश ५२ र ६३ सदस्य बैंक तथा वित्तिय संस्थाहरु आबद्ध रहेका छन् ।