प्रभु बैंकको शाखा इमाडोलमा

0
Shares

प्रभु बैंक लिमिटेडले असार ३ गते मंगलबारदेखि ललितपुर जिल्ला महालक्ष्मी न.पा. वडा नं.१ स्थित इमाडोलमा शाखा कार्यालय खोली कारोवार सञ्चालनमा ल्याएको छ।

शाखा सञ्जाल विस्तार गरी सेवाग्राहीहरुलाई सरल र सहज रुपमा अत्याधुनिक प्रविधि सहितको गुणस्तरीय बैंकिङ्ग सेवा पुर्याउने उद्देश्यका साथ उक्त विस्तार गरिएको बैंकले जनाएको छ ।

इमाडोल शाखा समेत गरी बंैकले हालसम्म १८५ वटा शाखा, १४६ वटा एटीएम र २३ वटा एक्सटेन्सन काउण्टर पुगेको छ।

उक्त शाखा कार्यालयबाट त्यहाँका स्थानीय तहका सेवाग्राही, सर्वसाधारणहरु, विभिन्न किसिमका फर्म, कम्पनी तथा संघ संस्थाहरुले प्रभु बैंकको गुणस्तरीय एवं अत्याधुनिक प्रविधि युक्त सेवा उपभोग गरी लाभान्वित भई समग्र नगरवासीहरुको आर्थिक विकासमा टेवा पुग्ने विश्वास बैंकले लिएको छ ।

महालक्ष्मी नगरपालिकाका मेयर रामेश्वर श्रेष्ठले उद्घाटन गरेका उक्त शाखाको उद्घाटन कार्यक्रममा विभिन्न सरकारी कार्यालयका प्रतिनिधिहरु, विभिन्न राजनैितक दलका प्रतिनिधिहरु,विभिन्न संघ संस्थाका प्रतिनिधिहरु,स्थानीय व्यापारी, बुद्धिजिवी लगायत सर्वसाधारणहरुको उपस्थिति थियो।

कार्यक्रमका प्रमुख अतिथी श्रेष्ठले उद्घाटन मन्तव्य राख्दै प्रभु बैंकले देशका विभिन्न ठाउँमा पुगेर बैंकिङ्ग सेवा विस्तार गरेकोमा खुशी प्रकट गर्दै यस इमाडोल शाखाबाट यस क्षेत्रका सरकारी निकाय, व्यापारी, तथा आम सर्वसाधारणलाई सरल सहज रुपमा प्रभु बैंकको गुणस्तरीय बैंकिङ्ग सेवा उपभोग गर्ने अवसर मिल्ने भएको बताएका थिए।