मुक्तिनाथ विकास बैंकले आफ्नो व्यवसायको आकार विस्तारसँगै कमाई पनि बढाएर लगानीकर्तालाई सधै आशलाग्दो विवरण पस्कने गरेको छ । चालु आर्थिक बर्षको तेस्रो त्रैमासको वित्तीय विवरणमा पनि बैंकका अधिकांस सूचक सकारात्मक देखिएका छन् ।
गत वर्ष तेस्रो त्रैमासमा ४२ करोड ७५ लाख खुद नाफा आर्जन गरेको बैंकले चालु आर्थिक वर्षको यसै अवधिमा ६० करोड २० लाख खुद नाफा आर्जन गरेको छ । जुन गत वर्षको चैत मसान्तको तुलनामा ४० प्रतिशतले बढी हो।
यसअवधिमा बैंकले निक्षेप ७० प्रतिशत र कर्जा लगानी ६५ प्रतिशतले बढाएको हो । बैंकले ४१ अर्ब ८० करोड निक्षेप संकलन र एक अर्ब २२ करोड सापटीबाट ३६ अर्ब ४५ करोड कर्जा परिचालन गरेको छ । यस अवधिमा बैंकले खुद ब्याज आम्दानी ४६.२६ प्रतिशतले बढेर एक अर्ब २९ करोड पुगेको छ ।
बैंकको खुद नाफामा सुधार आएसँगै प्रतिशेयर आम्दानीमा पनि ६ रुपैयाँ १९ पैसाले बढेर २६ रुपैयाँ १९ पैसा पुगेको छ ।
बैंकको चुक्ता पूँजी ३ अर्ब ६ करोड ४७ लाखे छ भने जगेडा कोषमा एक अर्ब ५ करोड सञ्चिते छ ।
बैंकको निष्क्रिय कर्जा अनुपात ०.०३ प्रतिशत पुगेको छ भने प्रतिशेयर नेटवर्थ १३४ रुपैयाँ ३३ पैसा तथा मूल्य आम्दानी अनुपात १३.६७ गुणा बढी छ ।
प्रतिक्रिया