मेरो माइक्रोफाइनान्स हकप्रद बाँडफाँड, दुई लाख ९ हजार कित्ता लिलामी हुने

0
Shares

मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको शतप्रतिशत हकप्रद बैशाख १७ गत बाँडफाँड भएको छ । उक्त हकप्रदमा संस्थापक र साधारण गरि दुई लाख ९ हजार ६४९ कित्ता शेयर अवितरित भएको छ ।

माइक्रोफाइनान्सले फागुन १९ गतेदेखि चैत २४ गतेसम्म एक बराबर एक अनुपातमा ३२ लाख ८९ हजार कित्ता हकप्रद बिक्री खुला गरेकोमा ३० लाख ७९ हजार ३५१ कित्ता शेयर मात्र बिक्री भएको हो ।

बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलले रितिपूर्वक आवेदन दिने २५ हजार १७२ जना शेयरधनीलाई हकप्रद बाँडफाँड गरिएको जनाएको छ ।
हाल ३२ करोड ८९ लाख रुपैयाँ चुक्ता पूँजी रहेको माईक्रोफाइनान्सको १ः१ अनुपातमा ३२ लाख ८९ हजार कित्ता हकप्रद शेयर बिक्री पश्चात ६५ करोड ७८ लाख रुपैयाँ पुग्नेछ।

माइक्रोफाइनान्सले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा ११ करोड १८ लाख २५ हजार रुपैयाँ खुद नाफा कमाएर वार्षिक प्रतिशेयर आम्दानी ४५ रुपैयाँ ३३ पैसा कायम गरेको छ।

बैशाख २२ गते आइतबार माइक्रोफाइनान्सको शेयरमूल्य प्रतिकित्ता ६४० रुपैयाँमा कारोबार भएको छ ।

प्रकाशित मिति: २२ वैशाख २०७६, आइतबार  १५ : १२ बजे