युनिक नेपाल लघुवित्तको खुद नाफा चार करोड ४२ लाख

0
Shares

युनिक नेपाल लघुवित्तले गत आर्थिक वर्षको चौंथो त्रैमाससम्ममा चार करोड ४२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ।

समीक्षा अवधिमा एक अर्ब ५२ करोड ४२ लाख रुपैयाँ निक्षेप संकलन गरेको लघुवित्तले ५८ करोड ६१ लाख रुपैयाँ कर्जा लिएर दुई अर्ब २८ करोड ९८ लाख रुपैयाँ कर्जा परिचालन गरेको छ। लघुवित्तले खुद ब्याज आम्दानी १० करोड ३३ लाख रुपैयाँ गरेको छ।

लघुवित्तको निष्कृय कर्जा अनुपात १.४८ प्रतिशत छ।

९ करोड ५३ लाख ७० हजार रुपैयाँ चुक्त पूँजी रहेको लघुवित्तको जगेडा कोषमा ६ करोड ३८ लाख रुपैयाँ सञ्चित छ। 

बाँके कोहलपुरमा केन्द्रीय कार्यालय रहेको यस लघुवित्तले सर्वसाधारणमा प्राथमिक शेयर जारी गरेर नेप्सेमा सूचीकृत हुन बाँकी छ ।

प्रकाशित मिति: २३ साउन २०७६, बिहीबार  १२ : २७ बजे