लुक्लाबाट काठमाडौंका लागि उडेको सीता एयरको जहाज दुर्घटनाबाट जोगियो

0
Shares

लुक्लाबाट काठमाडौंका लागि उडेको सीता एयरको जहाज दुर्घटनाबाट जोगिएको छ ।

बुधबार बिहान लुक्लाबाट उडेको ९ एन–एजेएच जहाजको एक इन्जिन आकासमै बन्द भएको थियो । विमानका चालकले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा जहाज सुरक्षित अवतरण गराउन सफल भएपछि दुर्घटनाबाट जोगिएको कम्पनीले जनाएको छ ।

कम्पनीकाअनुसार जहाजमा यात्रु भने थिएनन् । सीता एयरले चालक दलका सदस्य र जहाज सुरक्षित रहेको जानकारी गराएको छ।

 

प्रकाशित मिति: १८ भाद्र २०७६, बुधबार  १२ : १८ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।