सानिमा जनरल इन्स्योरेन्सको शेयर बाँडफाँड, ५ लाख ९० हजारले शेयर पाएनन्


सानिमा जनरल इन्स्योरेन्सको साधारण शेयर बाँडफाँड भएको छ ।

इन्स्योरेन्सको शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटलमा शेयर बाँडफाँड भएको हो । इन्स्योरेन्सको शेयर लाख ७३ हजार आवेदकले १० कित्ताका दरले पाएका छन् । कुल आवेदकमध्ये ५ लाख ९० हजार ५८५ आवेदकले शेयर पाएनन् ।

इन्स्योरेन्सको आइपीओमा ८ लाख ६६ हजार ९०५ वटा आवेदन परेकोमा ३ हजार ३६० वटा आवेदन रद्ध गरी बाँकी आवेदकलाई शेयर बाँडफाँड प्रकृयामा सहभागि गराइएको क्यापिटलले जनाएको छ ।

कूल ३० लाख कित्ता आईपीओ जारी गरेको कम्पनीले कर्मचारी र म्युचुअल फण्डलाई छुट्टाएर २७ लाख ३० हजार कित्ता शेयर सर्वसाधारणका लागि निष्काशन गरेको थियो । जसमा मागको ६.९९ गुणा धेरै अर्थात १ करोड ९० लाख ९१ हजार ८० कित्ता शेयर माग भएको थियो ।

कम्पनीले असोज २१ गतेदेखि २५ गतेसम्म १०० रुपैयाँ अंकित दरमा ३० करोड रुपैयाँ बराबरको ३० लाख कित्ता आइपीओ बिक्रीमा ल्याएको हो । जसमध्ये १ लाख २० हजार कित्ता शेयर कम्पनीका कर्मचारीको र १ लाख ५० हजार कित्ता सामूहिक लगानी कोषका इकाईहरुका लागि लागि छुट्याएको थियो । बाँकी २७ लाख ३० हजार कित्ता सर्वसाधारणमा बाँडफाँड हुनेछ । आईपीओ बाँडफाँड पछि कम्पनीको चुक्ता पूँजी १ अर्ब पुग्नेछ भने संस्थापक साधारण शेयर अनुपात ७०ः३० कायम हुनेछ ।

आईपिओको नतिजा केही बेरमा नोटबजारमा हेर्न सकिनेछ ।

यसरी भयो सानिमा जनरल इन्स्योरेन्सको आइपिओ बाँडफाँड :