.png)
एनएमबि बैक लिमिटेड (NMB) ले ८.६३ मेगावाट क्षमताको चेपे खोला साना जलविद्युत आयोजनामा १ अर्ब १२ करोड रुपैयाँ ऋण लगानी गर्ने भएको छ। फागुन ८ गते बिहीबार बैंक र आयोजनाको प्रर्वद्धक कम्पनी आशुतोष इनर्जी प्रा. लि. र बैंकले ऋण लगानी सम्झौता गरेका छन्।
जलविद्युत आयोजनाको कूल लागत एक अर्ब ५० करोड रुपैयाँ अनुमान गरिएकोमा बैंकले ७५ प्रतिशत बराबरको लगानी गर्ने भएको हो। लमजुङको दुधपोखरी गाउँपालिका तथा गोरखा जिल्लाको अजिरकोट गाउँपालिकामा उक्त जलविद्युत आयोजनामा सञ्चालित रहेको छ।
चेपे खोला साना जलविद्युत आयोजनामा जलविद्युत क्षेत्रका अनुभवी प्रवर्धकहरू तथा स्थानीय बासिन्दाहरुको लगानीमा निर्माण हुँदैछ ।
विसं २०७८ फाल्गुण ९ गतेदेखि व्यापारिक उत्पादन शुरु गर्नुपर्ने मिति तोकिएपनि ४ महिना अगावै विद्युत उत्पादन गर्ने लक्ष्य कम्पनीको छ ।विद्युत गृहबाट उत्पादित विद्युत लमजुङ्ग जिल्लामा अवस्थित किर्तीपुर सब स्टेशनमा जडान गरिनेछ ।
एनएमबि बैकले जलविद्युत क्षेत्रका आयोजनाहरुमा लगानी गर्दै आइरहेको छ । बैंकले लगानी चेपे खोला साना जलविद्युत आयोजनामा समेत गरि ४० पुगेको छ।










प्रतिक्रिया