धितोपत्र बजारमा थपियो ६९ लाख कित्ता बोनस

0
Shares

यस साता धितोपत्रको दोस्रो बजारमा ६९ लाख २४ हजार ३११ दशमलव ६२ कित्ता शेयर सूचीकरण भएका छन्। चार कम्पनीले गत आवको मुनाफाबाट प्रस्ताव गरि यसअघिको साधारण सभाबाट अनुमोदन गराएका सो बोनस सूचीकरण गरेका हुन्।

यसरी बोनस शेयर सूचीकरण गर्ने कम्पनीमध्ये कृषि विकास बैंकको सबैभन्दा धेरै ५४ लाख ९ हजार ३१७ दशमलव ३७ कित्ता रहेको छ। यस्तै आरएमडिसी लघुवित्तको ९ लाख ९९ हजार २४८ दशमलव २५ कित्ता, आईसीएफसी फाइनान्सको ४ लाख ४३ हजार २९६ कित्ता र गणपति माइक्रोफाइनान्सको ७२ हजार ४५० कित्ता रहेको छ।

सम्बन्धित कम्पनीहरुको उक्त बोनस साधारण सभाका लागि बुकक्लोज भएको अघिल्लो दिनसम्म कायम रहेका शेयरधनीले आफ्नो हितग्राही खाता (डिम्याट) मा आएपश्चात दोस्रो बजारमा खरीद बिक्री गर्न सक्नेछन्।

प्रकाशित मिति: ७ चैत २०७६, शुक्रबार  १४ : २८ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।