राष्ट्रिय वाणिज्य बैंकद्वारा कोरोना नियन्त्रण कोषमा डेढ करोड सहयोग


राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले कोरोना उपचारका लागि एक करोड ५० लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ।

संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विश्वव्यापी महामारी रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) को संक्रमणलाई फैलिन नदिन तथा सो को रोकथाम एवम् नियन्त्रणको लागि नेपाल सरकार प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयद्धारा स्थापना गरिएको कोरोना भाइरस रोकथाम, नियन्त्रण तथा उपचार कोषमा सो रकम प्रदान गरेको हो।

राष्ट्रिय वाणिज्य बैंकको शाखा कार्यालय सिंहदरबार परिसरमा रहेको कोषको खाता नम्बर १९६०००००११०१ मा सो रकम जम्मा गरिएको हो।

लकडाउनको यस विषम परिस्थितिमा पनि बैंकले आफ्ना ग्राहकहरुलाई देशव्यापी एटिएम सेवा, नगद काउन्टर, रेमिट्यान्स, क्लियरिङ्ग, एलसी लगायत बैंकिङ्ग सेवा प्रदान गर्दै आएकोे छ। बैंकले २०७७ आषाढ मसान्तसम्मको लागि जुनसुकै बैंकको एटीएम कार्ड प्रयोग गर्दा ग्राहकलाई शुल्क नलाग्ने, मोवाइल बैंकिङ्ग, इन्टरनेट बैंकिङ्ग आदिमा समेत शुल्क नलाग्ने व्यवस्था गरेको छ।

सातैवटा प्रदेश सरकारद्धारा कोरोना भाइरसको रोकथाम, नियन्त्रण तथा उपचारको लागि रकम जम्मा गर्न राष्ट्रिय वाणिज्य बैंकको विभिन्न शाखा कार्यालयहरुमा कोरोना भाइरस रोकथाम, नियन्त्रण तथा उपचार कोष खाताहरु खोलिएका छन्। यी खाताहरुमा कन्नेक्ट आईपीएस, मोवाइल बैंकिङ्ग, इन्टरनेट बैंकिङ्ग लगायत विद्युतिय माध्यमबाट पनि रकम जम्मा गर्न सकिने बैंकले जनाएको छ।

सातवटै प्रदेशमा रहेका खाता नं बैंकले सार्वजनिक पनि गरेको छ।

१. १ नम्बर प्रदेश सरकारद्धारा सञ्चालन भएको प्रं–१ कोरोना जन सुरक्षा कोषको खाता नम्बरः २१२०००५८८१०१, शाखा कार्यालय बिराटनगर।

२. २ नम्बर प्रदेश सरकारद्धारा सञ्चालन भएको कोरोना भाइरस नियन्त्रण तथा उपचार कोषको
खाता नम्बरः १२२०५०३०००००१, शाखा कार्यालय जनकपुर।

३. बागमती प्रदेश सरकारद्धारा सञ्चालन भएको कोरोना भाइरस नियन्त्रण तथा उपचार कोषको
खाता नम्बरः १३००५०३०००००२, शाखा कार्यालय हेटौंडा।

४. गण्डकी प्रदेश सरकारद्धारा सञ्चालन भएको कोरोना भाइरस नियन्त्रण तथा उपचार कोषको
खाता नम्बरः ३०२०००१८८३०१ शाखा कार्यालय पृथ्वीचोक।

५. ५ नम्बर प्रदेश सरकारद्धारा सञ्चालन भएको कोरोना भाइरस नियन्त्रण तथा उपचार कोषको
खाता नम्बर ३१२०५०३०००३०१, शाखा कार्यालय बुटवल।

६. कर्णाली प्रदेश सरकारद्धारा सञ्चालन भएको प्रदेश विपत व्यवस्थापन कोषको
खाता नम्बर ४०८०५०३००००००, शाखा कार्यालय सुर्खेत।

७. सुदूरपश्चिम प्रदेश सरकारद्धारा सञ्चालन भएको कोरोना भाइरस नियन्त्रण तथा उपचार कोषको
खाता नम्बरः ४१७०५०३०००००३ शाखा कार्यालय धनगढी।

प्रकाशित मिति: २२ चैत्र २०७६, शनिबार  ०९ : २४ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।