रोटरी क्लब अफ काठमाडौं वेस्टद्धारा दुई हजारलाई भोजन

0
Shares

रोटरी क्लब अफ काठमाडौँ वेस्ट लगायत केही समाजसेवीले विपन्न तथा दैनिक मजदुरी गर्ने करिब दुई हजार नागरिकलाई निःशुल्क भोजनको व्यवस्था गरेका छन् ।

कोभिड–१९ को जोखिम हुन नदिन लकडाउन जारी रहँदा यसबाट समस्यामा परेका ती नागरिकलाई गत चैत २० गतेदेखि बिहान नियमित खानाको प्रबन्ध जारी छ ।

शुरुमा समाजसेवी देशकुमार श्रेष्ठ, किरणकृष्ण जोशी, रूपेश अधिकारी, इन्द्रबहादुर मानन्धर र रमण शाक्यले भोजनको व्यवस्था गरेकामा शुक्रबार त्यस कार्यमा रोटरी क्लब सहभागी भई एक लाख सहयोग गरेको हो। उक्त क्लबले आगामी दिनमा कार्यक्रमलाई निरन्तरता दिन आवश्यक सहयोग गर्ने जनाएको छ । लकडाउनको अवधिसम्म खानाको व्यवस्था मिलाइएको छ ।

सामाजिक दूरी कायम कायम गरी व्यवस्थापन गरिएको त्यस स्थानमा मास्क र पिउने पानीसमेत वितरण गरिएको छ। पछिल्लो दिनमा काठमाडौँ महानगरपालिकाका केही वडा, धार्मिक सङ्घसंस्थाका साथै मनकारी व्यक्तिबाट विभिन्न स्थानमा निःशुल्क भोजनको व्यवस्था गरिएको छ ।

स्थानीय तहले केही खाद्य सामग्री राहतस्वरुप वितरण गरेको भए पनि लक्षित वर्गसम्म पुग्न नसकेको कामपा–१३ का पूर्ववडाध्यक्ष रामशरण डङ्गोलले जानकारी दिए।

प्रकाशित मिति: २७ बैशाख २०७७, शनिबार  १८ : १७ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।