जनउत्थान सामुदायिक लघुवित्त (JSLBB) को चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा खुद नाफा ४६ हजार रुपैयाँले घटेको छ।
गत आर्थिक वर्षको तेस्रो त्रैमासमा १ करोड ८२ लाख ५९ हजार हजार रुपैयाँ खुद नाफा कमाएको लघुवित्तले चालु आर्थिक वर्षको सोहि अवधिमा १ करोड ८२ हजार १३ हजार रुपैयाँ मात्र खुद नाफा कमाएको हो।
चुक्ता पूँजी ६ करोड ३३ लाख ६० हजार रुपैयाँ रहेको लघुवित्तको समीक्षा अवधिमा प्रतिशेयर आम्दानी भने २४ रुपैयाँ घटेर ३८.३३ रुपैयाँ कायम भएको छ।
गत आवको मुनफाबाट २५ प्रतिशत बोनस वितरण गरेपनि कम्पनीले पूँजीकृत गरेको छैन। बोनस पूँजीकरणपछि कम्पनीको इपिएसमा थप दबाब पुग्ने देखिन्छ।
लघुवित्तको जगेडा कोषमा ८ करोड ७७ लाख रुपैयाँ राखेको भने प्रतिशेयर नेटवर्थ २३८.४२ रुपैयाँ र मूल्य आम्दानी अनुपात ३७.१० गुणा छ।
लघुवित्तले खुद ब्याज आम्दानी र सञ्चालन नाफामा पनि वृद्धि गर्दै लगेको छ। गत आर्थिक वर्षको यसै त्रैमाससम्ममा ६ करोड २९ लाख रुपैयाँ खुद व्यााज आम्दानी गरेको लघुवित्तले हाल ७ करोड ५७ लाख रुपैयाँ आम्दानी गरेको हो।
समीक्षा अवधिमा लघुवित्तले ५२ करोड १० लख रुपैयाँ निक्षेप संकलन तथा ९० करोड २३ लाख बैंकहरुबट सापटी लिएर गरी १ अर्ब ५३ करोड २१ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ।
लघुवित्तको खराब कर्जा २.७० प्रतिशतबाट बढेर ३.५२ प्रतिशत पुगेको छ। खराब कर्जा बढ्दा नोक्सानी व्यवस्थापन रकम पनि १ करोड ५४ लाखबाट ३ करोड ३७ लाखमा पुगेको छ।
कर्जा नोक्सानी व्यवस्था र कर्मचारी तथा सञ्चालन खर्चले लघुवित्तको नाफा प्रभावित बनेको हो।










प्रतिक्रिया