उन्नति लघुवित्तको ५० रुपैयाँ EPS कायम

0
Shares

उन्नति लघुवित्त (UMB) को चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा वार्षिक प्रतिशेयर आम्दानी ५० रुपैयाँ ५६ पैसा कायम भएको छ। गत आवको यसै अवधिमा रुपैयाँ ५४.६६ इपिएस रहेको लघुवित्तको नाफा बढेपनि पूँजीवृद्धि उच्च हुँदा इपिएसमा  ४.१० रुपैयाँ गिरावट आएको हो।गत आवको मुनाफाबाट लघुवित्तले ४०.६३ प्रतिशत बोस वितरण गरेर पूँजी बढाएको छ।

चुक्ता पूँजी ८ करोड ८२ लाख रुपैयाँ रहेको लघुवित्तले चैत्रसम्म लघुवित्तले ३ करोड ३४ लाख रुपैयाँ खुद नाफा कमाएको छ। गत आवको यसै अवधिमा ३ करोड १६ लाख रहेको थियो।

लघुवित्तले चैतसम्ममा ६७ करोड २३ लाख रुपैयाँ निक्षेप संकलन गरि १ अर्ब ८१ करोड ४९ लाख रुपैयाँ कर्जा लगानी गरेको छ। यसबाट लघुवित्तले १० करोड ६ लाख रुपैयाँ खुद ब्याज आम्दानी र ५ करोड ११ लाख रुपैयाँ सञ्चालन नाफा गरेको छ। लघुवित्तको खुद ब्याज आम्दानी बढेपछि सञ्चालन नाफा र खुद नाफा बढेको हो।

लघुवित्तको खराब कर्जाअनुपात बढेर १.८७ प्रतिशत पुग्दा प्रतिशेयर नेटवर्थ १९७.३७ रुपैयाँ र मूल्य आम्दानी अनुपात १४.३९ गुणा छ। यस अवधिमा जगेडा कोषमा ३ करोड ९७ लाख रुपैयाँबाट बढेर ८ करोड ५९ लाख रुपैयाँ पुगेको छ।

प्रकाशित मिति: ३१ बैशाख २०७७, बुधबार  १४ : ४२ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।