थप १० जनामा कोरोना संक्रमण, नेपालमा संक्रमितको संख्या २९१

0
Shares

नेपालमा थप १० जना कोरोना संक्रमित थपिएका छन् ।

नयाँ थपिएका सबै संक्रमित रौतहट जिल्लाका हुन । यससँगै नेपालमा कोरोना संक्रमित संख्या २९१ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार रौतहट राजपुर नगरपालिका फरहदवा(९ का ७ जना र इशनाथ नगरपालिका-३ र ५ का तीनजनामा कोभिड-१९ पुष्टि भएको हो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार राजपुर नगरपालिका फरहदवा-का १८, ३२, ३६, ३९, ३९, ४२, ४८ वर्षका पुरुष छन्।

त्यस्तै रौतहटका इशनाथ नगरपालिका ३ र ५ निवासी २८, ३० र ३३ वर्षीय पुरुषमा पनि संक्रमण पाइएको छ।

टेकुस्थित राष्‍ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा उनीहरूको नतिजा पोजिटिभ आएको मन्त्रालयका सह-प्रवक्ता डा. समिरकुमार अधिकारीले जानकारी दिए।

सबैजनाको स्वास्थ्य अवस्था सामान्य रहेको भन्दै उनीहरू स्वास्थ्यकर्मीको सम्पर्कमा रहेका मन्त्रालयले जनाएको छ।

 

प्रकाशित मिति: ४ जेष्ठ २०७७, आइतबार  ०७ : ४४ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।