प्रोग्रेशिभ फाइनान्स नोक्सानीमा

0
Shares

प्रोग्रेशिभ फाइनान्स (PROFL) ले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मा २० लाख ८ हजार रुपैयाँ नोक्सानी ब्यहोरेको छ। खराब कर्जा र खर्चले थिचिएपछि फाइनान्स नोक्सानीमा पुगेको हो।

गत आर्थिक वर्षको चैतसम्म फाइनान्सले दुई करोड ९१ लाख ९० हजार रुपैयाँ खुद नाफा कमाएको थियो।

चुक्ता पूँजी ८० करोड रुपैयाँ रहेको फाइनान्सको प्रतिशेयर आम्दानी ०.३३ रुपैयाँ ऋणात्मक रहेको छ। प्रतिशेयर नेटवर्थ १०५.४४ रुपैयाँ रहेको फाइनान्सको मूल्य आम्दानी अनुपात ३०५.८४ गुणा रहेको छ।

चैतसम्ममा १ अर्ब ४८ करोड रुपैयाँ निक्षेप संकलन गरी फाइनान्सले एक अर्ब १७ करोड रुपैयाँ कर्जा लगानी गरेको छ। जसबाट ७ करोड ५९ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ। गत आवको यहि फाइनान्सले ४ करोड १२ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो।

खराब कर्जा नोक्साी ब्यवस्थापनमा तीन करोड ५६ लाख रुपैयाँ र कर्मचारी र सञ्चालन खर्च दुबै २ करोड बढी हुँदा फाइनान्सले २० लाख ८ हजार रुपैयाँ सञ्चालन घाटा खाएको छ।

फाइनान्सको खराब कर्जा अनुपात २.९८ प्रतिशत छ।

प्रकाशित मिति: ४ जेष्ठ २०७७, आइतबार  १७ : ५३ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।