थप ९ जनामा कोरोना पुष्टि, नेपालमा संक्रमितको संख्या ३०४

0
Shares

कोरोना भाइरसका संक्रमित व्यक्तिको संख्या ३०४ पुगेको छ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा भएको पीसीआर परीक्षणमा ८ जना पुरुष र १ महिलामा कोभिड १९ संक्रमण पुष्टि भएको हो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह प्रवक्ता डा. समिरकुमार अधिकारी अनुसार रौतहटका २१ देखि ३० बर्ष सम्मका ७ जना पुरुष तथा एक २८ वर्षिय महिला र बाराका ३८ वर्षिया पुरुषको को नमुना परीक्षण पोजेटिभ आएको हो। उनीहरु सबैको अवस्था सामान्य रहेको छ।

 

प्रकाशित मिति: ५ जेष्ठ २०७७, सोमबार  ०९ : ०७ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।