बाँकेमा आजै एकैदिन बाँकेका मात्रै ४७ जना संक्रमित भएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बाँके जिल्लामा ४७ र बाँकी अन्य ठाउँमा ६ गरी ५३ मा कोरोना संक्रमण पुष्टि भएको हो।
स्वास्थ्य मन्त्रालयका अनुसार भेरी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा उनीहरुमा संक्रमण पुष्टि भएको हो । संक्रमितहरु मध्ये ४६ जना पुरुष र एक महिला छन् ।
त्यस्तै गुल्मी, मोरङ, धनुषा, रौतहट, दाङ र धादिङमा १/१ जना गरी ६ जनामा पनि सोमबार नै कोरोना संक्रमण पुष्टि भएको छ ।
योसँगै देशभर संक्रमितको संख्या ३५७ पुगेको छ। हालसम्म नेपालमा कोरोनाका कारण २ जनाको मृत्यु भइसकेको छ भने ३६ जना निको भइसकेका छन् ।











प्रतिक्रिया