निर्जीवन बीमा बाहेक अन्यले कोरोना बीमासँग जोडेर विज्ञापन नगर्न निर्देशन

0
Shares

बीमा समितिले निर्जीवन बीमा व्यवसाय गर्नेबाहेक अन्य संस्थाले कोरोना बीमासँग जोडेर आफ्नो सेवा व्यवसाय तथा विज्ञापन नगर्न निर्देशन दिएको छ।

कम्पनीहरुले धमाधम कोरोना बीमा गर्ने सूचना र विज्ञापन गर्नथालेपछि आफ्नो ध्यानाकर्षण भएको जनाउँदै बीमा ऐन २०४९ बमोजिम उक्त निर्देशन दिएको हो।

जीवन बीमा कम्पनीहरुले निर्जीवन बीमा कम्पनी सँग टाइअप गरेर आफ्ना बीमितलाई यस्तो पोलिसी खरिद गराउन थालेपछि रोक लगाइएको हो।

 समितिको निर्देशनसँगै अब ती कम्पनीहरुले त्यसरी विज्ञापन गर्न पाउने छैनन्।

 

प्रकाशित मिति: ६ जेष्ठ २०७७, मंगलबार  ०८ : ४८ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।