शिखर इन्स्योरेन्सद्धारा २७ हजार नागरिकको कोरोना बीमा

0
Shares

शिखर इन्स्योरेन्स (SICL) ले २७ हजार २२५ नागरिकको कोरोना बीमा गराएको छ।

कोरोना बीमा सुरुवात भएको एक महिना अवधिमा कम्पनीले ७७ जिल्लामध्ये ७३ जिल्लामा कम्पनीले सेवा विस्तार गरेको हो।

कम्पनीले जेठ ६ गते मंगलबारसम्म अछाम, जाजरकोट, मनाङ र सल्यान जिल्ला बाहेक सबै जिल्लामा बीमा गरिएको जनाएको छ।

निर्जीबन बीमा कम्पनीहरुमध्ये सबैभन्दा धेरै खुद बीमाशुल्क र कूल बीमाशुल्क संकलन गरेको यस कम्पनीले आफ्ना ८४ शाखा कार्यालय मार्फत सेवा प्रवाह गर्दै आएको छ।

हालसम्म कम्पनीले २ हजार ६९१ वटा कोरोना बीमालेख वापत एक करोड ५० लाख बढी बीमाशुल्क संकलन गरिसकेको जनाएको छ।

जारी भएका बीमालेख मध्ये अनलाईन मार्फत नै ७०० बढी बीमालेख जारी गरिएको कम्पनीले जनाएको छ।

प्रकाशित मिति: ७ जेष्ठ २०७७, बुधबार  ०८ : २३ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।